काठमाडौं । ओम राउतद्वारा निर्देशित फिल्म ‘आदिपुरुष’ले बक्स अफिसमा उल्लेख्य व्यापार गर्न सकेन । फिल्ममा प्रयोग भएका भिएफएक्स र दृश्यहरू धेरै मजाक बनेको थियो । भिएफएक्स र दृश्यहरू भन्दा पनि धेरै विवाद यसको संवादलाई लिएर थियो। सिता भारतकी छोरी हुन भन्ने शब्दले फिल्मलाई विवादमा तानेको थियो ।
यसैबीच, फिल्म विश्वव्यापी रूपमा रिलिज भएको तीन हप्तापछि, यसका संवाद लेखक मनोज मुन्तासिरले माफी मागे । तर, मुन्तासिरमार्फत माफी माग्न लागेको समयले जनतालाई झनै आक्रोशित बनाएको छ ।
यति मात्र होइन, भारतीय टिभी शो ‘रामायण’ मा हनुमानको भूमिका निभाएका विक्रम मस्तालले पनि मुन्ताशिरले ढिला माफी मागेको भन्दै आलोचना गरेका छन् ।
चर्चित भारतिय टेलिभिजन शो ‘रामायण’ मा हनुमानको भूमिका निभाएका वृकम मस्तालले मनोज मुन्ताशिरको माफी मागेको पोस्टमा प्रतिक्रिया दिएका छन् । मनोजको माफीमा आफ्नो धारणा राख्दै विक्रमले एक अन्तर्वार्तामा लेखकले ६०० करोड रुपैयाँ खर्च गरेर विश्वभर सनातन धर्मको बदनाम गरेको बताएका छन् ।
विक्रम मस्तालले फिल्म रिलिजपछि नै यो कुरा बुझ्नुपर्ने र पहिलो दिनमै माफी माग्नुपर्ने उनले बताएका छन् । मस्तालले मुन्तासिरलाई प्रश्न गरेका छन्, ‘बुद्धिमान र शिक्षित भएर कसरी यति ठूलो गल्ती गर्न सक्छौ। ?’
शनिबार मनोज मुन्तासिरले पोस्ट सेयर गर्दै जनतासँग माफी मागेका छन् । मुन्तासिरले ‘आदिपुरुष’ ले जनताको भावनामा चोट पुगेको स्वीकार गरेको बताए । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘म स्वीकार गर्छु कि आदिपुरुषले जनताको भावनामा चोट पुर्याएको छ । हात जोडेर बिना शर्त माफी चाहन्छु। भगवान बजरंग बलीले हामीलाई एकताबद्ध राख्नुहुन्छ र हाम्रो पवित्र सनातन र हाम्रो महान राष्ट्रको सेवा गर्ने शक्ति प्रदान गर्नुहुन्छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया