पशुपति प्रसाद २ : भष्मे डनको विदेशमा ३ हजारभन्दा बढी शो हुने

लोकपथ
252
Shares

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज पनि निश्चित भएको छ । विदेशमा ३ हजारभन्दा बढी शो गर्ने तयारी सहित सेभेन सीजले फिल्मको अन्तर्राष्ट्रिय राइट किनेको हो । सोमबार निर्माण कम्पनी टुकी आर्टस् र सेभेन सीजबीच अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौता भएको छ ।

जसको जानकारी टुकी आर्टस्ले एक बिज्ञप्ती मार्फत गराएको हो । ‘अमेरिकामा १ हजारदेखि १२ सय शो, क्यानडामा १ सय ५० शो, बेलायतमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, मध्यपूर्वका विभिन्न देशहरुमा ७ सय ५० शो, जपानमा १ सय शो र युरोपका विभिन्न देशमा ५० शो गर्ने तयारी भैरहेको छ’ बिज्ञप्तीमा अगाडि भनिएको छ ‘भारत, दक्षिण कोरिया, मलेसिया, इराक तथा हङकङमा पनि फिल्म प्रदर्शन हुने छ ।’ बिज्ञप्तीमा नेपाली फिल्मको इतिहासमा ‘पशुपति प्रसाद २’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुने दाबी गरिएको छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा लगायतको अभिनय छ । फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको पनि अभिनय देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?