काठमाडौं । नेपाल फिफा वरियताको १ सय ६१ औँ स्थानमा यथावत रहेको छ ।
विश्व फुटबलको सर्वोच्व निकाय ‘फिफा’ले निकालेको नयाँ वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत रहेको हो । तयस्तै दक्षिण एशियाली देशमा माल्दिभ्स १ सय ५२ औँ स्थानमा छ । यता भारत १ सय ३ स्थानमा छ ।
भुटान १ सय ८६ औँ स्थानमा, बंगलादेश १ सय ९२, पाकिस्तान १ सय ९९ औँ तथा श्रीलंका २ सय स्थानमा रहेको छ ।
त्यस्तै बेल्जियम पहिलो स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इंग्ल्याण्ड पाचौं तथा पोर्चुगल छैटो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया