इतिहासको सबैभन्दा छिटो विवाह, विवाहको ३ मिनेटमै डिभोर्स

एजेन्सी । कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएका छन् । 

कुवेतको अहिले सम्मको इतिहासमा यो सबै भन्दा कम समयको  विवाह हो । 

डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन् । 

अदालतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् । 

सामाजिक सञ्जालमा ती पुरुषले महिलाको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै समर्थनमा महिलाको समर्थनमा उत्रिएका छन् भने पुरुष समर्थकहरुको आ आफ्नो तर्क छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?