हिमालयन लाइफ इन्स्योरेन्सद्वारा एक करोड रुपैंयाँ मृत्यु दाबी भुक्तानी

लोकपथ
322
Shares

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दाबी वापत बीमाङ्क एक करोड रुपैंयाँ भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन वर्ष अघि रु. १ करोडको जीबन बीमा गरेको देव बहादुर खत्रीको मृत्यु पश्चात सो दाबी रकम प्रदान गरिएको हो ।

कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरेका हुन । कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितको पत्नी यमुना चालिसेले समयमानै कम्पनीले दाबी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको विश्वास बढ्ने कार्य भएको बताए ।

कम्पनीले आवश्यक प्रक्रिया पुरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दाबीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?