काठमाडौं । बैंकहरुले आफ्नो ढंगले ब्याजदर निर्धारण गर्न पाउने भएका छन् ।
नेपाल बैंकर्स संघले ब्याजमा रहँदै आएको कार्टेलिङ हटाउने निर्णय गरेको हो ।
त्यससँगै अब बैंकहरुले नै आफ्नै ढंगले ब्याजदर तोक्न सक्ने भएका हुन् । लामो समयदेखि ब्याजमा कार्टेलिङ राखिएको थियो ।
अब निक्षेपको ब्याजदर सम्बन्धित बैंकहरुले नै निक्षेपकर्तालाई व्याजदर तोक्नेछन् । आगामी साउन महिनादेखि लागू हुने ब्याजदरमा पनि बैंकहरु आ–आफ्नै अनुकुलतामा थपघट वा स्थिर राख्न सक्नेछन् ।
अगामी साउनमा बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशत पुग्ने छ । तर घटाएको खण्डमा भने ९ प्रतिशत कायम हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया