माथिल्लो भोेटेकोशी जलविद्युत्  आयोजनाको ४० प्रतिशत काम सम्पन्न

काठमाडौं । माथिल्लो भोेटेकोशी जलविद्युत्  आयोजनाको ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ । 

करिब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको आधा पनि काम सकिएको छैन् । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधिन यो आयोजनाबाट उत्पादन बन्द भएपछि कम्पनीका साथै राष्ट्रले समेत घाटा व्यहोर्दै आइरहेको छ । 

वि.सं २०७१ साल साउन १७ गतेको जुरे पहिराले प्रशारण लाइनको टावरमा क्षति पु-याएको थियो । त्यतिबेला चार महिना उत्पादन वन्द भएको थियो । मर्मत पछि पुनः सञ्चालनमा आएको यो जलविद्युत् वि.सं २०७२ वैशाख १२ गतेको आएको विनाशकारी भुकम्पबाट क्षती पुगेको थियो ।  

त्यस्तै वि.सं २०७३ असार २१ गते आएको भोटेकोशीको बाढीले फेरी यो जलविद्युत् आयोजनामा क्षती पुगेको थियो । 

हाल चीनको सिनो हाइड्रो ब्यूरो ११ ले सात अर्बमा ठेक्का सम्झौता गर्दै पुनः निर्माण गर्दै आइरहेको छ । साथै यो जलविद्युत् आयोजनाको निर्माण काम सन् २०१९ को अन्त्यसम्म सिध्याउने लक्ष्य समेत लिएको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?