काठमाडौं । शनिवारदेखि भारतमा शुरु हुने हिरो महिला गोल्डकप फुटबलको लागि नेपाली महिला टोली अभ्यासरत छन् ।
प्रतियोगिता शुरु हुनुभन्दा एक दिन अगाडिसम्म नेपाली टोलीलाई मुख्य प्रशिक्षक हरि खड्काले भुवनेश्वरको मैदानमा अभ्यास गराएका थिए । भोली ‘शनिवार’ हुने पहिलो खेलमा नेपालले म्यानमारको सामना गर्दैछ ।
म्यानमारमाथि जीत निकाल्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रर्न लागेको प्रशिक्षक खड्काले जानकारी दिए । नेपाल र म्यान्मारबीचको खेल नेपाली समयानुसार पौने ४ बजेपछि शुरु हुनेछ । भारत फुटबल संघको आयोजनामा भएको यो प्रतियोगितामा भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् ।
आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई मध्यनजरमा राख्दै नेपाली महिला टिमले यो प्रतियोगिता खेल्न लागेको हो ।
तस्वीरः एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया