मनिला । एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ । दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो ।
उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन हुने संयुक्त लगानीका परियोजनामा लगानी हुनेछ ।
सन् २०१६ देखि २०२२ सम्मका लागि गरिएको उक्त साझेदारी फ्रेमवर्क सम्झौता (पीएफए) अन्तर्गत परियोजनाहरु छनौट र प्रवद्र्धन गरिने एडीबीले जनाएको छ ।
एडीबीका अनुसार पाँच अर्ब डलरमध्ये दुबै संस्थाबाट आधा आधा व्यहोरिनेछ । साथै, दुबै संस्थाले सहरी यातायातका क्षेत्रमा परियोजना अगाडि बढाउन पनि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया