क्रिकेट खेलाडीले दुई वर्षको तलब एकै पटक पाउने

काठमाडौं । नेपालका क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको मासिक तलब एकै पटक पाउने भएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलव एकैपटक पठाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतिबन्ध गर्दै आएको (आईसीसी) ले खेलाडीको रोकिएको तलव एकैपटक दिन लागेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आईसीसीलाई खेलाडीको तलब वितरणका लागि खेलाडीको नयाँ श्रेणी निर्धारण गरेर यसअघि नै पठाएको थियो । 

आईसीसीले राखेप मार्फत खेलाडीको तलव दिन लागेको हो । तलबका लागि आईसीसीले राखेपको खातामा पैसा पठाई सकेको राखेपले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?