काठमाडौं । नेपाल स्क्वास -याकेट्स संघले १० औँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन् ।
थाइल्यान्डको चाइमाइमा गत डिसेम्बरमा भएको उक्त प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण पदक जित्दै इतिहास रचेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण पदक जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् ।
महेश्वर एशियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् ।
महेश्वरलाई स्क्वास संघका अध्यक्ष किशोर महर्जनले एक कार्यक्रमबीच नगद १ लाख १ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया