एजेन्सी । रियल म्याड्रिड जारी स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।
शनिवार राति सम्पन्न भएको लिगको २३ औँ चरणको खेलमा रियल म्याड्रिडले तेस्रो स्थानमा रहेको ए्रथ्लेटिको म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो । खेल शुरु भएको १६ मिनेट पनि बित्न नपाउँदै रियलका लागि कासिमिरोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै २५ औँ मिनेटमा एथ्लेटिकोका लागि एन्टोनियो ग्रीजम्यानले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको ४२ औँ मिनेटमा रियल म्याड्रिडले पेनाल्टी हान्ने मौका पायो । सो अवसरलाई सदुपयोग गर्दै सर्जियो रामोसले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।
त्यस्तै दोस्रो हाफमा रियलले थप एक गोल ग-यो । खेलको ७४ औँ मिनेटमा ग्रेथ बेलले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल रियल म्याड्रिडले ३-१ गोल अन्तरले जित्यो । जितपछि रियल म्याड्रिडले ४५ अंक बनाएको छ ।
एथ्लेटिको म्याड्रिडको ४४ अंक छ । उपाधि होडमा रहेको बार्सिलोनाको ५० अंक छ ।
त्यस्तै शनिवार राति नै सम्पन्न भएको अर्को खेलमा इस्पानियोलले रायो भाल्लेकानोलाई २-१ गोल अन्तरले पराजित ग-यो । गेटाफेले सेल्टा डि भिगोलाई ३-१ गोल अन्तरले तथा हुएस्काले जिरोनालाई २-० गोल अन्तरले पराजित ग-यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया