इंग्लिस प्रिमियर लिगमा लिभरपुल पुनः शिर्ष स्थानमा

एजेन्सी । उपाधि होडमा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा पुनः उक्लिएको छ । 

शनिवार राति सम्पन्न भएको २६ औँ चरणको खेलमा लिभरपुलले बर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेलको २४ औँ मिनेटमा लिभरपुलका लागि साडियो मानेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ३४ औँ मिनेटमा जर्जिनो विजनाल्डमले गोल गर्दै खेललाई दोब्बर अग्रता दिलाए । पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल ग-यो । दोस्रो हाफको शुरुवाती समयमा नै मोहम्मद सलाहले गोल गरे ।

निर्धारित समयसम्म बर्नमाउथले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो । जितपछि लिभरपुलले ६५ अंक बनाएको छ ।

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा लिगको चौथो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले फुलह्यामलाई ३-० गोल अन्तरले, आर्सनलले हडर्सफिल्डलाई २-१ गोल अन्तरले, कार्डिफ सिटीले साउथह्याम्पटनलाई २-१ गोल अन्तरले, वाटफोर्डले इभर्टनलाई १-० गोल अन्तरले तथा बर्नलेले ब्राइटनलाई ३-१ गोल अन्तरले पराजित ग-यो ।

यता क्रिस्टल प्यालेस र वेस्टह्यामबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?