भारत र चीनीयाँ अर्थमन्त्रीसंगको भेट अर्थपूर्ण : मन्त्री डा.महत

लोकपथ
28
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले, भारत बसाईका क्रममा भारत र चीनका अर्थमन्त्रीबीचको भेटवार्ता निक्कै उपलब्धिपूर्ण रहेको बताए ।

भारतको गुजरातमा जी–२० अर्थमन्त्री तथा गर्भनरहरुको बैठकमा सहभागि भएर फर्किने क्रममा त्रिभूवन विमानस्थलमा पत्रकारसंग कुरागर्दै उनले नेपालको अर्थतन्त्रको विकासका लागि सकरात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘एउटा त जी २० को प्लेटफर्ममै दुई दिन सम्म प्रत्यक्ष सहभागि भएर हाम्रो पक्ष राख्ने अवसर पायौं भन्देखि अर्कोतर्फ, भारतीय र चीनियाँ अर्थमन्त्रीसंग भेटघाट गरेर दुई पक्षीय विकास सम्बन्धको बारेमा लगानीको विषयमा व्यापारको विषयमा छलफल गर्ने अवसर पाइयो । त्यस्तै गुजरातका व्यवसायीसंग पनि र नेपालीहरुसंग पनि लगानीबारे छलफल गर्न पाइयो तसर्थ भ्रमण उपलब्धिपूर्ण रह्यो भन्ने मलाई लाग्छ । ’

देशको सिमा भित्र कर राजस्वलाई सम्हाल्न सक्ने अवस्था चै कमजोर भैरहेको भन्दै उनले, डिजिटल पे मेन्टलाई कसरी व्यवस्थित गर्ने, दिगो विकासमा अन्तराष्ट्रिय सहायता कसरी बढाउने र मुल्य वृद्धीबाट मानिसमा परेको असरबाट कसरी छुटकारा पाउने भन्ने विषयमा व्यापक छलफल भएको बताए ।

जी–२० बैठकमा विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो, मन्त्री डा. महतले भने, ‘नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरुको समस्या जी–२० को फोरममा राख्ने महत्वपूर्ण अवसर प्राप्त भयो । यस विषयमा सोमबार र मंगलबार लगातार ५–६ वटा विषयमा छलफल भयो । ’

सो बैठकका क्रममा महतले भारतीय समकक्षी निर्मला सितारमण र चीनियाँ समकक्षी लिउ कूनबीच द्विपक्षीय साईडलाइन बैठक गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?