राखेपका सदस्यसचिव विष्टले खेलाडीलाई दिए यस्तो आश्वासन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले आगामी १० वर्षभित्र नेपाली खेलाडीहरु खेलेरै धनी हुने बताएका छन् । 

२१ औँ बुढासुब्बा गोल्डकप फुटबलको उद्घाटन समारोहमा बोल्दै सदस्यसचिव सो कुरा बताएका हुन् । ‘हामी नेपाली खेलकुद विकासको लागि कडा मेहनत गरिरहेका छौँ, नेपाल सरकारले अर्को वर्षबाट पर्याप्त बजेट छुट्याउन समेत पहल गर्नेछौँ ।’ उनले भने । 

त्यस्तै सदस्यसचिव विष्टले धरान रंगशालाको प्याराफिट आगामी तीन वर्षभित्र निमार्ण गर्ने पनि बताए । 

‘धरान रंगशालाको प्याराफिट निर्माण गर्न समय लाग्न सक्छ, तर, अहिलेको भन्दा राम्रो रंगशालामा निर्माण गर्न म सरकारसँग पहल गर्नेछु ।’ उनले थपे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?