एजेन्सी । म्यान्चेस्टर सिटी जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।
आफ्नो घरेलु मैदानमा आइतवार राति सम्पन्न भएको २७ औँ चरणको खेलमा उपाधि होडमा रहेको सिटीले लिगको छैटो स्थानमा रहेको चेल्सीलाई ६-० को शानदार जित हात पारेको हो ।
सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । उनले १३ औँ, १९ औँ र ५६ औँ मिनेटमा तीन गोल गरेका हुन् । त्यस्तै रहिम स्ट्रलिङले खेलको छैटो र ८० औँ मिनेटमा दुई गोल गरे । बाँकी एक गोल भने गुन्डोगनले खेलको २५ औँ मिनेटमा गरेका थिए ।
निर्धारित समयसम्म चेल्सीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा ६-० को फराकिलो हार बेहो-यो । जितपछि म्यान्चेस्टर सिटी लिगको शिर्ष स्थानमा उक्लिदै ६५ अंक जोडेको छ ।
समान ६५ अंक नै जोडेको लिभरपुल भने गोल अन्तरको आधारमा पछि पर्दै लिगको दोस्रो स्थानमा झरेको छ । चेल्सीको ५० अंक मात्रै छ ।
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा लिगको तेस्रो स्थानमा रहेको टोट्नह्यामले १२ औँ स्थानमा लिचेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित ग-यो ।
टोट्नह्यामलाई जित दिलाउन डेभिडसन सान्चेजले खेलको ३३ औँ मिनेटमा, क्रिस्टियन एरिकसनले ६३ औँ मिनेटमा तथा खेलको इन्जुरी समयमा सन ह्युङग मिनले समान एक-एक गोल गरेका थिए । यता लिचेस्टरका लागि भार्डीले एक मात्र गोल फर्काएका थिए ।
यो जितसँगै टोट्नह्यामले ६० अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया