सौरभ ज्योतीको गीत ‘छ-जी’ सार्वजनिक

लोकपथ
84
Shares

काठमाडौं । ज्योती ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतीले ‘छ-जी’ बोलको गीत सार्वजनिक गरेका छन। उनले सो गीत नेवारी भाषा तथा प्रेमलाई समर्पित गरेर गाएका हुन् ।

‘छ-जी’ को मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदालाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरेका छन् ।

ज्योतीले एक वर्षसम्म मन मस्तिष्क लगाएर रचेको ‘छ-जी’ले दर्शक माँझ राम्रो प्रतिक्रिया पाउने आशा राखेको छ। नेवारी भाषामा भएतापनि यसको हृदय स्पर्शी धुन र भिडियो मार्फत् सबै पृष्ठभूमीका दर्शकहरु माँझ गहिरो छाप छोड्ने छ।
संगीत प्रेमीहरूको लागि पहुँचयोग्य बनाउन यो गीत सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?