एजेन्सी । मंगलवार दिल्लीको करोल बाग क्षेत्रको होटलमा आगोलागी हुँदा बालकसहित कम्तीमा १७ जनाको मृत्यु भएको छ।
दिल्ली सरकारको मन्त्री सत्येन्द्र जैनले धेरै मानिसहरुको मृत्यु निसासिएर भएको बताएका छन् । ३५ जनाको उद्धार गरिएको छ भने घाइतेहरुलाई उपचारको लागि दिल्लीको विभिन्न अस्पताल पढाइएको छ ।
आगोलागीको कारण भने खुल्न सकेको छैन तर आवश्यक अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया