काठमाडौं । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटकले अब लेखेर पनि पोस्ट गर्न मिल्ने नयाँ फीचर प्रयोगमा ल्याउने भएको छ ।
टिकटकले सेयर गरेको जानकारी अनुसार उक्त नयाँ फीचर प्रयोग गरेर मानिसहरूले आफ्नो मनमा लागेको कुरा फेसबुकमा जस्तै पोस्ट गर्न सक्ने छन् ।
टिकटकले यही महिना सङ्गीत स्ट्रीम गर्ने नयाँ सेवा शुरु गरिसकेको छ। टिकटकका अनुसार अब प्रयोगकर्ताहरूलाई तीनटा विकल्प दिइने छ। विकल्पमा उनीहरूले फोटो, भिडिओ वा टेक्स्ट पोस्ट गर्न पाउने छन्।
सन् २०२१ बाट टिकटक सबैभन्दा लोकप्रिय प्ल्याटफम बनेको थियो। टिकटक मानिसहरुको मनमा बस्न सफल भयो कि गुगल भन्दा पनि बढी मानिसहरुले हाल टिकटक प्रयोग गर्ने गरेको तथ्यांकले देखाउछ ।
टिकटक प्रयोग गर्ने मानिसको सङ्ख्याले अमेरिकी सर्च इन्जिन गुगल प्रयोग गर्नेहरूको सङ्ख्यालाई उछिनेको थियो। टिकटकको हाल सक्रिय प्रयोगकर्ताको संख्या एक अर्बभन्दा बढी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया