एभरेष्ट बैंक र भिजि ईम्पेक्सबीच सम्झौंता

लोकपथ
63
Shares

काठमाडाैं ।  भि.जि. ईम्पेक्स प्रा.लि. नेपालमा जि.डब्लु.एम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।

कम्पनीलेआईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच ६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको जानकारी दिएको छ ।

सम्झौतामा भि.जि.ईम्पेक्स –जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले जि.डब्लु एमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् ।

जि.डब्लु.एमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ, यो सहकार्य गरिएको हो । यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् ।

बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदर सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । तीन वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी व्याजदर १० दशमलव ८० प्रतिशत रहने छ । जि.डब्लु.एमका इलेक्ट्रिक गाडीको लागि ११ दशमलव ३० प्रतिशत प्रभावकारी व्याजदर रहने छ ।

जि.डब्लु.एमका आईसी मोडेलको गाडीको लागि ब्याजदर ११ दशमलव ८० प्रतिशत रहेको छ । जि.डब्लु.एमका इलेक्ट्रिक गाडी कोे लोन–टु–भ्यालु (लोन–टु–भ्यालु-बैंक फाइनान्स) मा ५० प्रतिशतसम्मको लगानीमा ब्याजदरमा थप शुन्य दशमलव ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र शुन्य दशमलव ५० प्रतिशत रहेको छ । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?