काठमाडौं । यहि फागुन १९ गतेदेखि मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
उक्त माइक्रोफाइनानसले एक बराबर एक अनुपातमा एक सय हकप्रद शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री गर्न लागेको जनाएको छ ।
गत माघ १५ गते बसेको माइक्रोफाइनान्सको सञ्चालक समितीको बैठकले हकप्रद निष्काशन गर्न माघ २४ गते बुकक्लोज गरे अनुसार माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।
यस कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल रहेको छ । शेयरधनीले मेरो शेयर सफ्टवेयर, धितोपत्र बोर्डबाट आस्वा सदस्य प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली, बिक्री प्रबन्धकको कार्यालय जमल, तथा मेरो माइक्रोफाइनान्सको सबै शाखा कार्यालयबाट आगामी चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ।
हाल यो कम्पनीको ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीमा ६९ दशमलब ४ प्रतिशत संस्थापक र ३० दशमलब ६ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ । यो माइक्रोफाइनान्सको ४८ जिल्लामा ८६ शाखा कार्यालयहरु रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया