सन् २०१९ को जनवरीसम्म कति पर्यटक नेपाल भित्रिए ?

काठमाडौं । नेपाल पर्यटन बोर्डले सन् २०१९ को जनवरी महिनासम्ममा ९१ हजार ७ सय ९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएको जनाएको छ । 

अध्यागमन विभागको नयाँ तथ्याङ्कअनुसार नेपालमा हवाइमार्ग हुँदै ७७ हजार ३ सयपर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै १४ हजार ४ सय ९३ पर्यटक सडकमार्ग हुँदै नेपाल आएका हुन् । यो सङ्ख्या अघिल्लो वर्षको  तुलनामा २५ दशमलब ५ प्रतिशतले बढी हो ।

त्यस्तै भारतबाट मात्र यो वर्ष १४ हजार ६ सय ५० पर्यटन नेपाल आएका छन् । यो चीनिया पर्यटकको संख्या १४ प्रतिशतले वृद्धि समेत भएको छ । चीनका १३ हजार ४ सय ८८ पर्यटकले यो वर्ष नेपाल भ्रमण गरेका छन् ।

पर्यटन बोर्डका अनुसार गत वर्षको तुलनामा जनवरीमा थाइल्याण्ड, जापान र दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या क्रमशः ६९ दशमलब ८ प्रतिशत, ३८ प्रतिशत र ८ दशमलब ४ प्रतिशतले वृद्धि भएको हो । 

यता बेलायत, जर्मनी र फ्रान्सलगायत युरोपेली मुलुकबाट ११ हजार ९ सय ९६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरीमा बेलायतबाट चार हजार १ सय ३०, जर्मनीबाट एक हजार ५ सय ४९ र फ्रान्सबाट एक हजार ३ सय ७५ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

गत वर्षको तुलनामा अमेरिकाबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या २८ दशमलब १ प्रतिशतले तथा अस्ट्रेलियाबाट ३१ दशमदब ३ प्रतिशतले वृद्धि भएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?