सिटिजन्स बैंकको खुद मुनाफा दुई अर्ब २१ करोड

लोकपथ
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक बर्ष २०७९–०८१ मा दुई अर्ब २१ करोड ४४ लाख २५ हजार दुई सय ३१ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवमा भने बैंकको यस्तो नाफा दुई अर्ब ५६ लाख १० हजार सात सय ९६ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ अर्ब २० करोड नौं लाख ७४ हजार छ रुपैंयाँ रहेको बैंकले आव २०७९–०८१ मा एक खर्ब ६८ अर्ब ८४ करोड २१ लाख ३९ हजार छ सय आठ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४० अर्ब ४० करोड १५ लाख १९ हजार चार सय ७१ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ८५ करोड ७२ लाख ७४ हजार सात सय ११ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । स्प्रेड दर भने चार प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब तीन करोड ७२ लाख ७६ हजार आठ सय ६६ रुपैंयाँ रहेको छ ।

गत आवमा भने बैंकले एक खर्ब ५२ अर्ब ८० करोड १४ लाख ९० हजार तीन सय ७१ रुपैंयाँ निक्षेप संंकलन गरी एक खर्ब ३१ अर्ब ३४ करोड ४३ लाख २७ हजार ७९ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ९९ करोड ३४ लाख ८९ हजार नौं सय ८३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

उक्त अवधिमा चार दशमलव २५ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ३२ करोड ९४ लाख ६२ हजार तीन रुपैंयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?