काठमाडौं । यो साताको सुरुवाती कारोबार दिन नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्यो । मौद्रिक नीति सार्वजनिक भएकै दिन हल्लै हल्लाको भरमा सेयर बजार बढ्यो । मौद्रिक नीतिले सेयर धितो कर्जाको लगाएको जोखिम भारलाई समयसापेक्षरुपमा परिमार्जन गर्दै उद्घोष गरेको थियो ।
सोही उद्घोष र बजारको हल्ला कै कारण मौद्रिक नीति सार्वजनिक भएको दिन अर्थात साताको पहिलो दिन नेप्से उच्च अंकले बढ्यो । त्यसपछि भने नेप्से लगातार घट्यो । लगानीकर्ताहरुले सेयर बजार प्रतिको राष्ट्र बैंकको भुठो आस्वासन र उधारो मौद्रिक नीतिलाई पत्याउन सकेनन् । सोहीकारण यो साता नेप्से निरन्तर ओरालो लाग्यो । जसबाट नेप्से सातामा २१ सय २६ दशमलव ४८ अंकमा खुम्चिन पुग्यो भने सेन्सिटिभ इन्डेक्स पनि चार सय तीन दशमलव ८४ अंकमा खुम्चिन पुग्यो ।
यही खुम्च्याई संगै यो साता दुुई सय ७१ वटा कम्पनीहरुको दुई लाख ९० हजार एक सय तीन पटकको कारोबारमा पाँच करोड ४३ लाख ६९ हजार सात सय २३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट सातामा कुल १६ अर्ब ८८ करोड ३० लाख ५८ हजार एक सय ३६ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा तुलनात्मकरुपमा बढी हो ।
गत साता भने नेप्सेमा दुुई सय ८६ वटा कम्पनीहरुको दुई लाख ५२ हजार दुई सय ११ पटकको कारोबारमा चार करोड पाँच लाख ९३ हजार ९९ सय कित्ता शेयर किनबेच हुँला कुल कारोबार रकम १४ अर्ब ८८ करोड ६५ लाख ३८ हजार चार सय ५१ रुपैंयाँ पुगेको थियो ।
नियमित कारोबारको लागि यो साता नेप्से पाँच कार्य दिन नैं नेप्से खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन बढेको नेप्से दोस्रो, तेस्रो, चौंथो र पाँचौं दिन भने घटेको थियो । पहिलो दिन ६३ दशमलव २४ अंकले बढेर २२ सय २७ दशमलव १६ अंकमा चढेको नेप्से दोस्रो दिन भने २६ दशमलव ६६ अंकले घटेर २२ सय दशमलव ५० अंकमा झरेको थियो । तेस्रो दिन पनि ३६ दशमलव १९ अंकले घटेर २१ सय ६४ दशमलव ३१ अंकमा खुम्चिएको नेप्से चौंथो दिन पुन आठ दशमलव ११ अंकले घटेर २१ सय ५६ दशमलव २० अंकमा सिमित भएको थियो । पाँचौं दिन पनि नेप्से २९ दशमलव ७१ अंकले घटेर २१ सय २६ दशमलव ४८ अंकमा खुम्चिएको थियो ।
यसैगरी पहिलो दिन १४ दशमलव ४१ अंकले बढेर चार सय २४ दशमलव ९३ अंंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने छ दशमलव १४ अंकले घटेर चार सय १८ दशमलव ७८ अंकमा सिमित हुन पुगेको थियो । तेस्रो दिन पनि सात दशमलव ६२ अंकले घटेर चार सय ११ दशमलव १६ झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन दुई दशमलव शुन्य पाँच अंकले घटेर चार सय नौं दशमलव ११ अंकमा सिमित हुन पुगेको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स पाँच दशमलव २६ अंकले घटेर चार सय तीन दशमलव ८४ अंकमा सिमित हुन पुगेको थियो ।
यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया