नबिल इन्भेष्टमेन्ट बैंकिङ र स्वस्तिक लघुवित्तबीच सम्झौंता

लोकपथ
84
Shares

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच सम्झौंता भएको छ । लघुवित्त संस्थाले आफ्नो अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने सम्बन्धी सम्झौंता गरेको हो ।

सम्झौतापत्रमा लघुवित्तकातर्फबाट अख्तियारप्राप्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन ।

कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न.पा. वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजार भन्दा बढि परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आईरहेको छ ।

आज भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयरहरु सार्वजनिक निष्काशनको माध्यमबाट सर्वसाधारणमा निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ ।

पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?