पुरानो नविकरण अन्तर्गत २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
84
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुरानो नविकरण अन्र्तगतको २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

जारी मिति भने साउन १६ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्ने छन् । यस्तो बोलकबोल २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको आठ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैंयाँ बराबरको ट्रेजरीको लागि पेस गर्न सकिने छ ।

भोलि जारी हुने ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि भने क्रमशः बिसं २०८० भदौ १२ गते, बिसं २०८० कात्र्तिक १४ गते र बिसं २०८० माघ १६ गते तोकिएका छन् ।

यसअघि गत साता पनि पुरानो नविकरण अन्र्तगतको १२ अर्ब ६० करोड रुपैंयाँको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?