सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

लोकपथ
637
Shares

काठमाडौं । मृत कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । मृत्यु पछि प्रहरीले अनुसन्धानका लागि ताम्राकारको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो ।

परीक्षणपछि उनको मोबाइलमा सुसाइड नोट फेला परेको हो । ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न भनेका छन् ।

‘इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।’ उनले लेखेका छन् ।  उनले आमालाई सम्बोधन गर्दै अर्को जुनीमा पनि उहाँकै कोखबाट जन्मिन पाउँ भनेका छन् ।

ताम्राकार असार २१ गते रातोपुलस्थित घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?