काठमाडौं । काठमाडौं उपत्यका नजिकै रहेको रमणीय स्थल हो, नगरकोट ।
समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोट प्रकृतिक रुपमा निकै सुन्दर र आकर्षित छ । चिसो वातावरणको महसूस गर्न सकिने नगरकोटमा मौसम सफा भएको बेलामा मनमोहक हिमालयका चुचुराहरूसँगै सगरमाथाको रोमाञ्चक दृश्यावलोकन गर्न पाउनु नगरकोटको अर्को विशेषता पनि हो ।
मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिने यो ठाउँ सबै उमेर वर्गका निकै प्रिय र अति नै लोकप्रिय छ । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।
नगरकोटमा पर्यटनबाहेकका व्यावसायिक सम्भावना पनि उत्तिकै रहेका छन् । यातायात तथा पर्यटकीय प्रबन्धमा क्रमिक सुधार आउन थालेपछि स्वदेशी तथा विदेशी पर्यटकहरू यस क्षेत्रतर्फ आकर्षित हुँदैछन् ।
नगरकोटमा बाह्रै महिना पर्यटन व्यवसायको सम्भावना उच्च छ । स्वच्छ वातावरण र मनोरम दृश्यले आन्तरिक पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ । यो ठाउँबाट सूर्योदय, सूर्यास्त र हिमाल मात्र होइन, अन्य विभिन्न मनमोहक दृश्यको समेत अवलोकन गर्न सकिन्छ ।
पछिल्लो समयमा युवा पुस्ताको पहिलो रोजाइमा परेको छ नगरकोट । त्यहाँ पुगेर सोच्दा लाग्छ, नगरकोटले काठमाडौंलाई हरेक पल हेरिरहेको छ । साथै काठमाडौंको कोलाहलमा बसेका शहरबासिलाई नजिकैको यो गन्तब्यले केहि आनन्द दिन सक्छ । फेरि यहाँ पुग्न धेरै खर्च र लामो समय पनि लाग्दैन । दैनिक यहाँ सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छन् ।
‘टुरिजम इयर २०२०’ नेपालले लाखौं बाह्य पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । त्यहि अनुरुप विदेशी पर्यटकलाई मध्यनजरमा राख्दै सरकारले विभिन्न कार्यक्रमहरुको पनि आयोजना गर्दै आइरहेको छ ।
तस्वीर: सरोज सिम्खडा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया