काठमाडौं । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको प्रयोग बढाउँदै लैजानु आवश्यक रहेको बताएका छन् ।
नेपालमा सूचना प्रविधि क्षेत्रको विकासका राष्ट्रिय आयाम विषयक सम्मेलनमा उनले, मौद्रीक नीतिले समेत सूचना प्रविधिमा आधारित व्यापारलाई प्रोत्साहन गरेको दाबी गरे ।
विशेषत विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने गरी क्रस बोर्डर भुक्तानीलाई व्यवस्थित गर्न लागिएको बताउँदै उनले बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधिको क्षेत्रमा ठुलो लगानी गरेको बताए ।
उनले भने ‘मौद्रीक नीतिले पनि वैदेशिक मुद्रा भित्र्याउन सहजिकरण गर्ने गरि सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । ’
अनलाईन व्यापार र अनलाईन पेमेन्टलाई प्रोत्साहन गरिदाँ नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुग्ने उनको विश्वास छ ।
सिलिकन भ्याली र भारतको बैंलोरलाई हेरेर पनि विश्वमा डिजिटल क्षेत्रको महत्व र योगदान कति भन्ने थाहा हुने भन्दै गर्भनर अधिकारीले नेपालले पनि डिजिटल क्षेत्रको विकासमा थप काम गर्नु आवश्यक भएको औल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया