काठमाडौं । सन् १९९२ जुलाई ३१ अर्थात आजकै दिन थाई एयरवेजको विमान नेपालमा दुर्घटना भएको थियो । थाइ अन्तर्राष्ट्रिय एयरवेजको फ्लाईट ३११ थाईल्याण्डको बैङ्कक देखि काठमाडौंका लागि उडेको थियो ।
काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा दुर्घटनामा परेको थियो । उक्त विमान लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनाबाट ९९ यात्री र चालक दलका १४ सदस्यसहित ११३ यात्रीले ज्यान गुमाएका थिए ।
के कारण भएको थियो विमान दुर्घटना ?
साउनको महिना नेपाली आकाश धुमिल नै थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश बादलले ढाकेको थियो । थाई एयरवेजको ३११ विमानलाई क्याप्टेन पिडर सुतिमाईले उडाइरहेका थिए ।
विमान सामान्य रुपमा नै उडिरहेको थियो । जसमा अधिकांस नेपाली र केही पर्यटक रहेका थिए । विमान काठमाडौं विमानस्थलसँग ३० मिनेटको दुरीमा आइपुगेपछि विमानका चालक दलका सदस्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कन्ट्रोल रुमसँग ल्यान्ड गर्ने अनुमति माग्यो । पहिलो प्रयासमा विमानस्थलबाट कुनै प्रतिक्रिया आएन । पटकपटक प्रयास गरेपछि बल्ल विमानस्थले क्लियर टु ल्याण्ड भन्ने प्रतिक्रिया दिएपछि पाइलट विमानलाई ल्याण्ड गराउने तयारीमा थाल्छन् । जसका लागि क्याप्टेनले ०२ रन वे लाई ल्याण्डिङ कनफर्म गरेका हुन्छन् ।
त्यसपछि विमान विमानस्थल जति नजिक नजिक बढ्दै थियो । मौसममा अचानक गडबडी हुन थाल्यो । एक्कासी भिजिबिलिटि कमजोर हुनपुग्यो । त्यसपछि विमानस्थलले रन वे ०२ बाट ल्याण्ड गर्न सम्भव नभएकाले रनवे २० बाट ल्याण्ड गर्न भन्छन् । त्यसपछि पाइलटले आफू ०२ बाट ल्याण्ड गर्न तयार रहेकाले २० बाट ल्याण्ड गर्न नसक्ने बताए ।
यस्ता ठूला विमानले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रन वे ०२ बाट ल्याण्ड गर्ने गर्छन् । किनभने २० बाट ल्यण्ड गर्न विमान हिमालहरुको नजिकैबाट जानुपर्ने भएकाले पनि प्राय ठूला विमानहरुलाई रनवे ०२ बाटै ल्याण्ड गराइन्छ ।
त्यसपछि पाइलटले रनवे २० बाट ल्याण्ड गर्दा विमानलाई ट्रन गर्नुपर्ने भएकाले विमानलाई भारतको कोलकता डाइभर्ट गर्छन् । त्यसको केही समयमै त्रिभुवन विमानस्थलबाट रनवे ०२ क्लियर टु ल्याण्ड भन्दै सूचना आउँछ । उक्त समयसम्ममा विमान रनवेको निकै नजिक आइसकेकाले सोही बेला ल्याण्ड गर्न नसकिने अवस्था बन्छ । त्यसपछि पाइलटले विमानलाई फेरी एक फन्को लगाएर ट्राइ गर्ने जानकारी दिन्छन् ।
मौसम निकै कुहिरोले ढाकेको थियो । विमान भित्रबाट पाइलटले रन वे वा अरु कुनै दृश्य देख्ने सम्भवना थिएन । यत्तिकैमा फन्को लगाउन लागेको विमानमा एकाएक पुल अप को अल्राम बज्छ । विमानमा यो पुल अपको अलराम जब विमान जमिनसँग नजिक हुन्छ तब यो अलराम बज्ने गर्छ । यहिक्रममा विमान लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटना हुन पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया