मेरो माइक्रोफाइनान्सद्वारा पाँच लाख रुपैयाँ बीमा रकम हस्तान्तरण

लोकपथ
49
Shares

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका सदस्य लक्ष्मी देवी सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

संस्थाबाट पाँच लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य लक्ष्मी सुनारको श्रीमान भक्त बहादुर सुनारको मृत्यु दाबी बापत पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई सदस्य–अभिभावक कर्जा बीमा अन्तर्गत उक्त बीमा रकम रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा–चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए ।

मेरो माइक्रो फानान्स लघुबित्त बित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख कृष्ण प्रसाद उप्रेती र दोधारा– चाँदनी नगरपालिका ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले लक्ष्मी देबीलाई संयुक्तरुपमा उक्त बीमा रकम हस्तान्तरण गरेका थिए । सदस्य लक्ष्मी देवी मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालय दोधारा– चाँदनी, कञ्चनपुरद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आवद्ध छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?