काठमाडौं । भारतबाट नेपाल आउने मालबाहक कन्टेनरका लागि इलेक्ट्रोनिक कार्गो टयाकिङ ‘इसीटिएस’ प्रणाली लागू भएको छ ।
भारतको कोलकाता र हल्दिया बन्दरगाहबाट नेपाल आउने मालबाहक कन्टेनरका लागि इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ ‘इसीटिएस’ प्रणाली लागू गरिएको हो । यो सँगै कागजी कामको झन्झट सकिएको छ ।
वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र बिराटनगरको बथनाहासम्म आउने भारतीय रेलमा यो प्रणाली लागू गरिएको हो । इसीटीएस प्रणाली लागू गरेपछि अब कोलकत्ताबाट रेलमार्गबाट कन्टेनर सिधा वीरगन्ज स्थित सुक्खा बन्दरगाहमा आइपुग्ने छ ।
विशेष डिभाईस जडित कन्टेनर बोकेको रेल कोलकत्तामा अब जम्मा ६ प्रकारको कागजी प्रकृया पूरा गरेपछि छुट्ने भएकोले यसको लागत खर्च कम हुने भएको छ ।
अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नेपाल सरकार र भारत सरकारको सहमतिमा एशियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा भारत तथा तेश्रो मुलुकबाट आयात हुने मालवस्तु ढुवानीमा विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम लागू गर्नका लागि प्राविधिको विकास गरेको हो ।
कन्टेनरमा लगाइएको इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमका लागि नेपाली आयातकर्ताले थप ३ हजार ३ सय भारु प्रति कन्टेनर शुल्क तिर्नु पर्ने छ । तर, यो कष्टम हाउस एजेण्टलाई दिइने शुल्क भन्दा कम हुने भन्दै नेपाली आयातकर्ताहरु उत्साहित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया