काठमाडौं । रैराङ्ग हाइड्रोपावरको खुद नाफा ५९८ दशमलब ७२ प्रतिशतले वृद्धि भएको छ ।
हाइड्रोपावरको गत वर्षको पुस मसान्तको तुलनामा १० लाख ६३ हजार नाफा आर्जन गरेको हो । उक्त कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको हो ।
यस अवधिमा हाइड्रोपावर कम्पनीको विद्युत बिक्री मार्फतको आम्दानी घटेपनि अन्य स्रोत मार्फत आम्दानीले नाफामा बढोत्तरी देखाएको हो।
गत वर्ष विद्युत बिक्री मार्फत् कम्पनी १७ लाख १६ हजार आम्दानी गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ लाख ६७ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो । अन्य स्रोत मार्फत् यो हाइड्रोपावरले ६५ लाख ८३ हजार आम्दानी गरेको छ।
यस अवधिमा यो हाइड्रोपावरले चुक्ता पूँजी १७ दशमलब ६५ प्रतिशतले वृद्धि गर्दै ४७ करोड ६० लाखबाट ५६ करोड पु¥याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया