विश्वकप एशिया छनोट : नेपाली महिला टिमको घोषणा

काठमाडौं । थाइल्याण्डमा हुने आइसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय टिमको घोषणा गरिएको छ । 

छनोट गरिएको टिममा यसपटक एक नयाँ खेलाडीले स्थान बनाएकी छिन् । डल्ली भट्ट टिमबाट बाहिरिँदा अप्सरी बेगमले स्थान बनाएकी हुन् । एशिया छनोट खेलको कप्तानी भने रुबिना क्षेत्रीले सम्हाल्ने छिन् ।

यहि सोमवारदेखि शुरु हुने छनोट खेलका लागि नेपाली खेलाडीसहितको टोली भोली ‘थाइल्याण्ड’ प्रस्थान गर्नेछ । 

नेपालले पहिलो खेलमा चिरपरिचित प्रतिद्धन्दी मलेसिया सामना गर्नेछ । त्यस्तै दोस्रो खेल नेपालले फेब्रुअरी २१ तारिखमा आयोजक थाइल्याण्डको सामना गर्नेछ ।

२२ तारिखका संयुक्त अरब इमिरेट्स ‘युएई’को, २४ तारिखमा हङकङको, २५ मा चीनको तथा २७ तारिखमा कुवेतसँग भिड्ने खेल तालिका रहेको छ । 

एशिया छनोट खेलमा नेपालसहित ७ राष्ट्र सहभागि छन् । छनोटमा नेपालसहित थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोट खेलको विजेताले टी(ट्वान्टी विश्वकप छनोट र महिला विश्वकप क्रिकेटमा स्थान तय गर्नेछ ।

खेलाडीहरुको नामावली :-

रुवीना क्षेत्री ‘कप्तान’
सिता रानामगर ‘उपकप्तान’
सरिता मगर्
करुणा भण्डारी
नेरी थापा
इन्दु बर्मा
आरती विडारी
सोनु खड्का
काजल श्रेष्ठ
कविता कुवँर
रोमा थापा
विन्दु रावल
ममताकुमारी चौधरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?