काठमाडौं । क्रिकेटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।
राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका मल्लले शुुक्रबार पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा भावुक बन्दै उनले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए । आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको बताउँदै उनले खेल जीवनका कठिन परिस्थितीलाई सिकाइको रुपमा लिएको बताए ।
उनले भने, ‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु,’।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया