काठमाडौं । ग्ल्याम नेपाल इन्टरनेसनलको अडिसन काठमाडौंमा सम्पन्न भएको छ । प्रारम्भ प्रडक्सनको आयोजनामा काठमाडौंको कर्मा बारमा आयोजित ग्ल्याम नेपाल इन्टरनेसनलको अडिसन सम्पन्न भएको हो ।
अडिसनमा १ सय जना मोडलहरूले अडिसन दिएको आयोजक प्रारम्भ प्रडक्सनले जनाएको छ ।
ग्ल्याम नेपालका राष्ट्रिय निर्देशक पवन आचार्यले, पूर्वदेखि पश्चिमसम्म नेपालको संस्कृति परम्परा र रितिरिवाजलाई विश्वव्यापी रूपमा फैलाउने उद्देश्यले ग्ल्याम नेपाल इन्टरनेसनल आयोजना गरिएको बताएका छन् ।
उनले, नेपाललाई फ्यासन डिजाइनका माध्यमबाट विश्वव्यापी रूपमा प्रवद्र्धन गर्नसमेत शोले मद्दत पुग्ने बताए ।
कार्यक्रममा पाँच जना डिजाइनरसहित उत्कृष्ट तीन जना मोडलहरूले नेपालको तर्फबाट अष्ट्रेलियामा हुने कार्यक्रममा प्रस्तुति दिनेछन् भने, काठमाडौंमा हुने फिनालेमा १५ जना डिजाइनर सँगसँगै २४ जनाले सहभागिता जनाउने छन् ।
अडिसनको जजका रूपमा डिजाइनर मनिस राई, कोरियोग्राफर तथा मोडल सविता कार्की तथा समाजसेवी राहुल केसी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया