काठमाडौं । आगामी भदौ २१ गतेदेखि पाँचौं खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता हुने भएको छ ।
ललितपुर किकबक्सिङ्ग संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा आउँदो भदौ २१, २२ र २३ गते पाँचौं खुल्ला राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता हुन लागेको ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बताएका छन् ।
नेता स्व.गणेशमान सिंहको सम्झनामा प्रत्येक वर्ष आयोजना हुर्दै आएको प्रतियोगिता गोदावरी नगरपालिका वडा नं ११ प्याङ्गगाउँस्थित खेल मैदानमा संचालन गर्न लागिएको उनले जानकारी दिए ।
उनले उक्त प्रतियोगितामा पुरुष ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहने जानकारी दिए ।
त्यस्तै, महिला ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहने पनि जानकारी गराएका छन् ।
यस्तै प्रतियोगितामा प्रथम टिम च्याम्पियनलाई १ लाख, दोस्रो टिम च्याम्पियन ५० हजार र तेस्रो टिम च्याम्पियन २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडि महिला तथा पुरुषलाई जनही २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ्ग, मुआई थाई किकबक्सिङ्ग, फुल कन्ट्याक्ट कराते, आईटीएफ र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने छ ।
प्रतियोगिताको अनुमानित कुल बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ पनि महर्जनले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया