कतार ओपन टेनिसको उपाधि मार्टेन्सलाई, शिर्ष वरियताकी हालेप पराजित

एजेन्सी । बेल्जियमकी एलिस मार्टेन्सले कतार ओपन टेनिस च्याम्पियनसिपको उपाधि जितेकी छिन् । 

शनिवार राति सम्पन्न भएको महिला एकलतर्फको फाइनल खेलमा मार्टेन्सले शिर्ष वरियताकी सिमोना हालेपलाई २-१ को सोझो सेटमा पराजित गर्दै उपाधि माथि कब्जा जमाउन सफल भएकी हुन् ।

मार्टेन्सले रोमानियाकी हालेपलाई ३-६, ६-४ र ६-३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्न सफल भइन् । खेलको पहिलो सेटमा पराजित भएकी मार्टेन्सले त्यसपछिका बाँकी तीन सेटमा भने जित हात पारेकी थिइन् ।

यो सिजनको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणसम्म पुगेकी मार्टेन्सले खेल जिवनमा जितेको यो नै पहिलो उपाधि हो ।

जितपछि उनले भनिन्, ‘सिमोन निक्कै राम्रो खेल खेल्ने खेलाडी हुन्, उनी वरियतामा भन्दा १८ स्थान माछि छिन्, तर पनि मैले उनलाई फाइनलमा हराउँदै उपाधि जित्न सफल भएकी छुँ ।’
सिमोनाले सन् २०१४ मा यो प्रतियोगिताको उपाधि जितेकी थिइन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?