पोखरा । प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले जानकारी दिएको छ ।
दोश्रो दिनको छनोट अन्र्तगत एथलेटिक्स ४ सय मिटर पुरुषमा तनहुँका दान बहादुर बराल मगरले ५४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेका छन । नवलपुरका समिर महतोले ५४ सेकेण्ड र म्याग्दीका इश्वर सेन्चिुरीले ५७ दशमलब १६ सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक जिते ।
महिला ४ सय मिटरमा नवलपुरकी कल्पना श्रेष्ठले १ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितिन भने कास्कीकी अनिशा भण्डारीले १ मिनेट १३ दशमलब २० सेकेण्ड र गोर्खाकी शुष्मिता काराखेतीले १ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक हात पारे ।
यसै गरि पुरुष ज्याभलिन थ्रोमा गोर्खाका निशाना गुरुङले ४० दशमलब ९७ मिटरको दुरी पार गराउँदै स्वर्ण जितेका छन । स्याङजाका चित्र बहादुरले ४० दशमदब ७४ मिटर र नवलपुरका निरज महतोले ३९ दशमलब ८० मिटरको दुरी पार गराउँदै क्रमश रजत र काश्य पदक हात पारे ।
महिला ज्याभलिनमा तनहुँकी सुमित्रा थापाले स्वर्ण जितेकी छन । उनले २८ दशमलब ९० मिटरको दुरी पार गराईन । कास्कीकी सोनु नेपालीले २६ दशमलब ९७ मिटर र गोर्खाकी सविता तामाङले २२ दशमलब ९१ मिटरको दुरी पारा गराउँदै क्रमश रजत र काश्य पदक जिते ।
सम्पन्न ८ सय मिटर पुरुष दौडमा लमजुङका शुजन बिकले २ मिनेट १५ दशमदब २१ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते । यसैगरि मनाङका प्रकाश गुरुङ २ मिनेट १६ दशमलब ३१ सेकेण्डमा दुरी पार गर्दै रजत र गोर्खाका आर्यान बस्नेतले २ मिनेट १८ दशमलब १८ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते ।
महिला ८ सय मिटर दौडमा कास्कीकी ललिता लामिछानेले २ मिनेट ४५ दशमलब ३० सेकेण्डमा दुरी पारगर्दै स्वर्ण, स्याङजाकी जानकी खनालले २ मिनेट ५१ दशमलब ५० सेकेण्डमा दुरी पार गर्दै रजत र नवलपुरकी मालती चौधरीले २ मिनेट ५४ दशमलब ९० सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारेका छन ।
यसै गरि पुरुष टेबल टेनिस पुरुष एकल तर्फ कास्कीका शंकर धितालले स्वर्ण जितेका छन भने बागलुङ शुजन कुवंरले रजत, बागलुङका समर केसी र कास्कीका अनुश कुवर तथा कास्कीका सुमेश लामाले काश्य पदक हात पारे ।
महिला टेबुल टेनिस तर्फ कास्कीकी मुना थापाले स्वर्ण, कास्कीकी पार्वती श्रेष्ठले रजत, नवलपुरकी प्रमिशा न्यौपाने, कास्कीकी सुजाता पौडेल र कास्कीकी ज्योती गुरुङले काश्य पदक जितेका छन।
लङजम्पतर्फ लमजुङका जयन्द्र गुरुङले स्वर्ण पदक जितेका छन । उनले ६ दशमलब १७ मिटर जम्प गरेका थिए । म्याग्दीका इश्वर सेन्चिुरीले ५ दशमलब ८९ मिटर र कास्की अमृत कुवरले ५दशमलब ७६ मिटर जम्प गर्दै क्रमश रजत र काश्य पदक जिते ।
महिलातर्फ गोर्खाकी शविना परियारले स्वर्ण, लमजुङकी रजिना कुमालले रजत र लमजुङकी लक्ष्मी परियारले काश्य हात पारिन ।
यस अघि प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सीनाले अबको खेलकुद नयाँ ढङले अगाडी बढ्ने बताएका छन । उपाध्यक्ष तिमिल्सिनले पोखराको खेलकुदको पूर्वाद्धारहरु यथासिघ्र सम्पन्न गर्ने गरि काम संचालन गरिने बताए ।
१३ औँ दक्षिण एशियाली खेलकुदका लागि नेपालले विशेष तयारीका साथ तयारीका लागि जुट्ने समेत उपाध्यक्ष तिमिल्सिनाले बताए ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर गुरुङ लगाएत उपस्थित थिए ।
गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता फागुन २५ गते सम्पन्न हुने छ भने विभिन्न ११ जिल्लामा विभिन्न प्रतियोगिताहरु हुदैँछन । प्रतियोगितामा ११ जिल्लाका कुल २ हजार ८ सय ७७ खेलाडीको सहभागिता रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया