आज पनि केही ठाउँमा भारी वर्षा हुने 

लोकपथ
42
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि केही ठाउँमा भारी वर्ष हुने जनाएको छ ।

विभागका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहने जनाउँदै विभागले हाल लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक÷दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । दिउँसो देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राति देशभर सामान्य बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । साथै, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।

हाल नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेकोले नेपालको उत्तरी क्षेत्रमा धेरै वर्षा भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?