कृषि विकास बैंकले घटायो कर्जाको व्याजदर, फागुन एक गतेदेखि लागु

काठमाडौं । कृषि विकास बैंकले कर्जाको व्याजदर एक प्रतिशतले घटाएको छ । 

बैंकले लिर्दै आयरहेको साविक कर्जाको व्याजदरमा एक प्रतिशतले घटाएको जनाएको छ । त्यस्तै निक्षेपमा भने बैंकले ब्याज बढाएको छ । कृषि विकास बैंकले फागुन एक गतेदेखि नै लागू हुनेगरी साविक कर्जाको व्याजदरमा एक प्रतिशतले घटाएको हो । 

बैंकले निक्षेपको व्याजदरमा निक्षेप कर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा १ दशमलब ५ प्रतिशत थप हुने गरी वृद्धि गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?