काठमाडाैं । पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो इन्स्टाग्राममा ६ सय मिलियन अर्थात ६० करोड फलोअर हुने पहिलो व्यक्ति बनेका छन् ।
४ सय मिलियन फलोअर भएबेला देखिनै रेकर्ड बनाएका रोनाल्डोले गत वर्ष नोभेम्बरमा ५०० मिलियनको रेकर्ड बनाएका थिए । रोनाल्डोले नौ महिनाको अवधिका १० करोड फलोअर बढाएर नयाँ रेकर्ड राखेका हुन् । फेसबुकमा पनि रोनाल्डो सर्वाधिक बढी फलोअर हुने खेलाडी हुन् । उनको फेसबुक पेजमा १ सय ६५ मिलियन फलिअर रहेका छन् ।
त्यस्तै, रोनाल्डोको एक्समा १ सय ९ मिलियन फलोअर रहेका छन् । यसरी फेसबुक, इन्स्टाग्राम र एक्समा गरी रोनाल्डोको कूल ८७ करोड २१ लाख बढी फलोअर रहेका छन् ।
कुन खेलाडीको कति फलोअर ?
लिओनल मेस्सी
रोनाल्डोलाई पछ्याउँदै अर्जेन्टिनाका फुटबलर लिओनल मेस्सी दोस्रो स्थानमा छन् । मेस्सीको इन्स्टाग्राममा पनि ४ सय ८२ मिलियन फलोअर रहेका छन् । त्यस्तै मेस्सीको फेसबुकमा भने १ सय १५ मिलियन फलोअर रहेका छन् ।
नेयमार
त्यस्तै तोस्रो स्थानमा ब्राजिलका स्टार खेलाडी नेयमार रहेका छन् । उनलाई इन्स्टाग्राममा २ सय ११ मिलियनले फलो गरेका छन् । त्यस्तै उनलाई फेसबुकमा पनि ९१ मिलियनले फलो गरेका छन् ।
एम्वाप्पे
त्यस्तै चौथो स्थानमा फ्रान्सका स्टार खेलाडी एम्वाप्पे रहेका छन् । उनलाई इन्स्टाग्राममा १ सय ७ मिलियनले फलो गरेका छन् । त्यस्तै उनको फेसबुकमा पनि उनलाई १७ मिलियनले फलो गरेका छन् ।
मार्सेलो
पाँचौँ स्थानमा ब्राजिलका स्टार खेलाडी मार्सेलो रहेका छन् । मार्सेलोको इन्स्टाग्राममा ६४।९ मिलियन फलोअर रहेका छन् । उनलाई फेसबुकमा २८ मिलियनले फलो गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया