पोखरा । प्रदेशमा ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट अन्र्तगत एथलेटिक्सका खेलहरु सम्पन्न भएका छन ।
आइतवार सम्पन्न खेलमा ४ सय मिटर रिले पुरुषमा कास्कीले स्वर्ण पदक जितेको छ भने नवलपुरले रजत र म्याग्दीले कास्य पदक जित्यो । महिला रिलेमा कास्कीले स्वर्ण, स्याङजाले रजत र गोर्खाले काश्य पदक जितेको छ ।
२ सय मिटर दौडमा नवलपुरका प्रकाश रानामगरले स्वर्ण पदक जिते भने नवलपुरका समिर महतोले काश्य र कास्कीका सुदिप जोशीले स्वर्ण पदक जिते । यसैगरि महिला २ सय मिटरमा नवलपुरकी कल्पना श्रेष्ठले स्वर्ण, कास्कीका द्वय अनिशा भण्डारी र कुशुम गुरुङले क्रमश रजत र काश्य पदक जिते ।
यसै गरि ५ हजार मिटर पुरुषको दौडमा कास्कीका स्माइल भण्डारीले स्वर्ण, पर्वतका प्रकाश कुवरले रजत र गार्खाका रन्जित अधिकारीले काश्य पदक जितेका छन । महिला ५ हजार मिटरमा पर्वतकी सरस्वती कुवरले स्वर्ण, नवलपुरकी डोलमाया महतोले काश्य र स्याङजाकी चन्द्रकला खरालले काश्य पदक हात पारिन ।
ट्रिपल जम्पतर्फ पुरुषमा नवलपुरका प्रकाश रानामगरले स्वर्ण, लमजुङका जयन्द्र गुरुङले रजत र कास्कीका सागर नेपालीले काश्य पदक जिते । महिला तर्फ तनहुँकी ज्योती श्रेष्ठ, गोर्खाका सविना परियार र सबिता तामाङले क्रमश स्वर्ण, काश्य र रजत पदक जिते ।
डिस्कस् थ्रो पुरुष तर्फ नवपुरका बिनोद थनेत, गोर्खाका निशान गुरुङ, तनहुँका भद्र बहादुर खत्रीले क्रमश स्वर्ण, रजत र काश्य पदक तथा महिला तर्फ कास्कीकी सोनु नेपाली, नवलपुरकी लक्ष्मी थनेत र लमजु्ङकी शुसिला श्रेष्ठले क्रमश स्वर्ण, रजत र काश्य पदक जिते ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया