काठमाडौं । अगस्ट १३ अर्थात आज । गुगलले भारतीय सिनेमाको पहिलो महिला सुपरस्टार मानिने दिवंगत अभिनेत्री श्रीदेवीको ६०औँ जन्मदिन मनाउँदै छ। उनको जन्मदिनको अवसरमा, गुगल डूडलले श्रीदेवीको सफलता र सिनेमामा यात्राको उत्सव मनाएको छ ।
आफ्नो करियरमा उनले मिस्टर इन्डिया, चालबाज, मम, इङ्लिस विङ्लिश जस्ता उत्कृष्ट चलचित्रमा काम गरिन् । श्रीदेवीको पूरा नाम श्री अम्मा याङ्गर अय्यपन हो । उनको जन्म अगस्ट १३, १९६३ मा तमिलनाडुको एउटा सानो गाउँ मीनमपट्टीमा भएको थियो।
बाल कलाकारको रुपमा करियर सुरु
श्रीदेवीले चार वर्षको उमेरमा तमिल फिल्म ‘कन्धन करुणाई’बाट बाल कलाकारको रुपमा चलचित्रमा काम गर्न थालेकी थिइन् । उनले ९ वर्षको उमेरमा ‘रानी मेरा नाम’ बाट बाल कलाकारको रुपमा बलिउडमा डेब्यु गरेकी थिइन् । आफ्नो कडा मेहनत र समर्पणको बलमा श्रीदेवीले बिस्तारै फिल्म उद्योगमा आफूलाई स्थापित गरिन्। १९ वर्षको उमेरमा उनले अमोल पालेकरको अपोजिट फिल्म ‘सोल्वा सावन’ बाट अभिनेत्रीको रूपमा बलिउडमा डेब्यु गरेकी थिइन्।
जितेन्द्रसँग १६ वटा फिल्ममा काम
जितेन्द्रसँगको फिल्म ‘हिम्मतवाला’ उनको करियरको उत्कृष्ट फिल्म हो । यो फिल्मले बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो । उनले जितेन्द्रसँग १६ फिल्ममा अभिनय गरेकी छिन् । उनको फिल्म ‘सदमा’ले निकै चर्चा कमाएको थियो ।
१५ वर्षको लामो अन्तरालपछि उनले सन् २०१३ मा फिल्म ‘इङ्लिस भिङ्लिस’ मार्फत कमब्याक गरेकी थिइन्। यसपछि उनी सन् २०१८ मा फिल्म ‘मम’ मा देखिइन् । तर, उनको करियरको अन्त्य दुखद भयो । उनको दुबईको जुमेराह एमिरेट्स टावरमा २४ फरवरी, २०१८ मा मृत्यु भयो। उनका पति बोनी कपूरले उनलाई होटलको कोठाको बाथटबमा मृत फेला पारेका थिए । श्रीदेवीको मृत्यु आज पनि ठूलो रहस्य बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया