जानकी मन्दिर परिसरमा राखिएको मुख्यमन्त्रीको ब्यानर हटाइयो

लोकपथ
196
Shares

जनकपुरधाम । जानकी मन्दिर परिसरमा प्रचार-प्रसारका लागि राखिएका ठूला ब्यानर हटाइएको छ ।

यूवाहरूको एक समूहले मन्दिर परिसरबाट मुख्यमन्त्री सरोज कुमार यादव र हिरो मोटरसाइकलको प्रचार सामग्री हटाएको हो । मन्दिर परिसरमा विनाअनुमति गैरधार्मिक पोष्टर राखिएकाले ती प्रचार सामग्री हटाएको उनीहरूले बताएका छन् ।

युवा अभियन्ता सरोज मिश्रले पटक-पटक सरोकारवाला लगायत मुख्यमन्त्री, सीडीओ, मेयर र महन्धलाई ध्यानाकर्षण गराउँदा पनि चासो नदेखाएको गुनासो गरे ।

अगामी दिनमा जानकी मन्दिर परिसरमा धार्मिक स्थल एवं परिक्रमाको विशेषतासहितको बोर्ड ब्यानरनर लगाउने योजना रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?