पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले सार्वजनिक सवारीको भाडा बढायो (सूचीसहित)

लोकपथ
70
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा पनि वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागले बुधबारदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ ।

विभागले सार्वजनिक गरेको सूचीअनुसार यात्रुवाहक सवारी साधनको हालको भाडामा ४.७० प्रतिशतले वृद्धि भएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले वृद्धि भएको छ । यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि भएके छ ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५.८३ रुपैयाँ पुर्‍याएको छ । सोही व्यवस्था अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

gadi vada_page-0002

gadi vada_page-0003

gadi vada_page-0004

gadi vada_page-0005

gadi vada_page-0006

gadi vada_page-0007

gadi vada_page-0008

gadi vada_page-0009

gadi vada_page-0010

gadi vada_page-0011

gadi vada_page-0012

gadi vada_page-0013

gadi vada_page-0014

gadi vada_page-0015

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?