काठमाडौं । नेपाल बैंकर्स संघले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत राष्ट्र बैंकले लिएको नीतिले बैकिङ क्षेत्र धरासायी बन्ने भन्दै आपत्ती जनाएको छ ।
बुधवार सम्पन्न भएको बैंकर्स संघको बैठकले व्यवसायीहरूले प्रस्तुत गरेको माग बैंकिङ क्षेत्रको हितमा नरहेको पनि निष्कर्ष निकालेको छ । गत सोमवार मात्र राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै ब्याजदर अन्तरको गणना विधी परिवर्तन गर्ने, सेवा शुल्कको व्यवस्था परिमार्जन गर्ने विषयमा निर्णय गरेको थियो ।
केन्द्रीय बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरुले ऋण प्रवाह गर्दा आधार दरमा थपेर लिने ऋणको ब्याज प्रिमियम राष्ट्र बैंकले तोक्ने व्यवस्था गरेको थियो ।
त्यस्तै राष्ट्र बैंकले ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गरी कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था पनि गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया