काठमाडौं । पाकिस्तानको उत्तरी वजिरिस्तानको गुलमिर कोट क्षेत्रमा भएको बम विस्फोटमा ११ मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
उत्तरी वजिरिस्तानमा शनिबार एउटा भ्यानमा बम विस्फोट भएको प्रहरी प्रवक्ताले बताएका छन् । मिडिया रिपोर्टका अनुसार हालसम्म कुनै पनि आतंकवादी संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन।
केही दिनअघि पाकिस्तानको बाजौरमा एउटा राजनीतिक र्यालीमा आत्मघाती विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया