आठौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेश छनोट : भारोत्तोलन खेलाडी छनोट पूरा

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट ५ पुरुष र ४ महिला गरी ९ भारोत्तोलन खेलाडी छनोट भएका छन् ।

पुरुष ६१ केजीमा पुस्कल थापा, ६७ केजीमा धनबहादुर झाक्री, ७३ केजीमा रजत देबाजु, ८१ केजीमा भरतबहादुर श्रेष्ठ र ८९ केजीमा भोजबहादुर भुजेल रहेका छन् । 

महिला ४९ केजीमा मानकुमारी राणा, ५९ केजीमा टीकामाया गुरुङ, ६४ केजीमा मनीषा श्रेष्ठ र ७१ केजीमा पुनम परियार छन् । छनोट भएका खेलाडी मध्ये मानकुमारी बाहेक सबै कास्कीका हुन् । मानकुमारी बाग्लुङकी हुन् ।

त्यस्तै प्रदेश ७ को छनोटमा ब्याडमिन्टन खेलाडीको अन्तिम छनोट सम्पन्न भएको छ । पुरुषमा ७ र महिलामा ५ गरी १२ खेलाडी छानिए । पुरुषमा कैलालीका देवराज राणा, कञ्चनपुरका प्रियान्शु क्षेत्री, कैलालीका जेबी साउद र रोशन साउद, दार्चुलाका प्रिन्स दाहाल, कैलालीका अमृत चौधरी तथा कञ्चनपुरका गोकुल जोरा रहेका छन् ।

महिलामा कैलालीकी एलिना तिरुवा, कञ्चनपुरकी प्रशुन्ता खत्री, निलिमा महरा र विस्ना विष्ट तथा कैलालीकी प्रियान्शी बम छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?