ज्योति विकास बैंकको एकै दिन पाँच शाखा सञ्चालनमा

काठमाडौं । ज्योति विकास बैंकले एकै दिन पाँच वटा शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले भक्तपुर जिल्लाको बोडे, बनेपा, काठमाडौंको साखुँ, बलम्बु र कीर्तिपुरमा गरि एकै दिन पाँच नयाँ शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । बैंकको बलम्बु शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरेका थिए ।

श्रेष्ठले सरकारले लिएको निती अनुसार सहुलियतपुर्ण कर्जामा बैंकले ध्यान दिदै डिजिटल भुक्तानी तिर अग्रसर हुदै वित्तीय साक्षरतामा समन्वय गर्न आग्रह समेत गरेका छन् । 

हाल ज्योति बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ एटीएम मार्फत सेवा उपलव्ध दिदै आइरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?